साहित्यपोस्ट डट कम

गजल : मेरो माया

गजल : मेरो माया

मेरो माया कहिल्यै पुरानो हुन सक्दैन
यो छाती सागर हो, ओभानो हुन सक्दैन ।

रुखबाट धकेल्दैमा खुट्टा भाँच्न सकिएला
मेरो आकाशझैँ उद्देश्य सानो हुन सक्दैन ।

गरिबको मतले महल ठडिन्छ यहाँ
तर किन गरिबको छानो हुन सक्दैन ?

मेरो कलम हाँस्छ-रुन्छ, तिमीजस्तै हो ?
मान्छे हुँ, यो मुटु अचानो हुन सक्दैन ।

विचार बाँच्नुपर्छ म माटोमा मिल्दा पनि
जीवन तरुनो हुन्छ, सयानो हुन सक्दैन।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.