साहित्यपोस्ट-नपढी सुखै छैन...

गजल : मायालुलाई

गजल : मायालुलाई

मायालुलाई बुट्टे रुमाल चिनो सम्झी पठाइदिएँ
भन्न बाँकी मनका कुरा बेलीविस्तार बताइदिएँ ।

पर्खाइको फल मीठो केही वर्ष कुर्नु भनिनँ
मायालुकै तस्बिर हेरी सातै जुनी कटाइदिएँ ।

भेट्न भनी आउँछु भन्थिन् सपनीमै भए पनि
गन्तव्यमा फूल बिछ्याई काँढाहरू हटाइदिएँ ।

चिठ्ठी धागो बाँधि आयो प्रियसीको नामबाट
धोकेबाजको विवरणमा तिम्रो नाम जनाइदिएँ ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.