साहित्यपोस्ट डट कम

गजल मञ्च मकवानपुरको २२ औँ स्थापना दिवसमा २३५ औँ गजल यात्रा सम्पन्न

गजल मञ्च मकवानपुरको २२ औँ स्थापना दिवसमा २३५ औँ गजल यात्रा सम्पन्न

मकवानपुर । गजल मञ्च मकवानपुर को २२ औँ स्थापना दिवस तथा २ सय ३५ औँ ‘गजल यात्रा’को अवसरमा ‘गजल यात्रा–५’ नामक मुखपत्र विमोचन तथा आजीवन सदस्यता परिचयपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी नेपाल मकवानपुर को सभाहलमा आयोजित कार्यक्रममा मञ्चका अध्यक्ष संजित श्रेष्ठ को सभाध्यक्षता रहेको थियो । प्रमुख अतिथिका रूपमा साहित्यकार डा. निमेष निखिल तथा विशिष्ट अतिथिका रूपमा गीतकार तथा गजलकार तुलसी घिमिरे उपस्थित हुनुहुन्थ्याे ।

कार्यक्रममा मञ्चका सल्लाहकार, पूर्व अध्यक्षहरू, विभिन्न साहित्यिक संघ–संस्थाका प्रतिनिधि तथा गजलकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सो अवसरमा ‘गजल यात्रा–५’ प्रकाशन सार्वजनिक गरिएको हो, जसमा गजलसम्बन्धी लेख, २०८२ सालका गतिविधिहरूको विवरण तथा ४१ जना स्रष्टाका गजलहरू समेटिएका छन् । प्रकाशनबारे जानकारी सम्पादन मण्डलका तर्फबाट देवराज तिवारी ले दिनुभएकाे थियाे ।

त्यसैगरी, मञ्चले सञ्चालन गरेको आजीवन सदस्यता अभियानअन्तर्गत २४ जना नयाँ सदस्यलाई परिचयपत्र वितरण गरिएको छ भने संस्थालाई दीर्घकालीन सहयोग पुर्‍याउँदै आएका मुक्ति गोविन्द वैद्य लाई मानार्थ सदस्यता प्रदान गरिएको छ ।

कार्यक्रममा मनिका नेगी, राजकुमार चौधरी, स्वस्तिका दाहाल, मिथिला अधिकारी, सुवास सजल, देवराज लामिछाने, केशव समर्पण, अनिल कोइराला, हरि पौड्याल, प्रह्लाद चौलागाईं, देवराज तिवारी, केशव तौजल्य तथा तुलसी घिमिरेलगायतले गजल वाचन तथा गायन प्रस्तुत गर्नुभएकाे थियाे ।

कार्यक्रमको सहजीकरण सह–सचिव गौरी कँडेल ले गर्नुभएकाे थियाे भने स्वागत मन्तव्य उपाध्यक्ष हरि पौड्याल ले व्यक्त गर्नुभएकाे थियाे ।

२२ वर्षे यात्रामा २ सय ३५ औँ गजल यात्रा सम्पन्न गर्न सफल भएको उल्लेख गर्दै मञ्चले प्रकाशन तथा गतिविधिमा सहयोग पुर्‍याउने सम्पूर्णप्रति आभार व्यक्त गरेको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.