साहित्यपोस्ट डट कम

गजल: लुकेर हान्ने खुँखार हुन्छन्

गजल: लुकेर हान्ने खुँखार हुन्छन्

लुकेर हान्ने खुँखार हुन्छन्

बगेर आँखा जँघार हुन्छन्

सुषुप्त संसार शान्त मनमा (मन्मा)

अशान्त पार्ने हजार हुन्छन्

भनेर मीठो दिएर पीडा

मुहार राम्रो विकार हुन्छन्

म मात्र राम्रो अरू खराब

घमण्ड सारा सवार हुन्छन्

खनेर बाटो हिँडेर आफैँ

पिता र माता अपार हुन्छन्

सकिन्छ माया लिएर मात्र

दिएर कोही पियार हुन्छन्

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.