साहित्यपोस्ट डट कम

गजल : लोभ मात्र कति गर्छौ

गजल : लोभ मात्र कति गर्छौ

लोभ मात्र कति गर्छौ, कात्रोभित्र गोजी हुँदैन

आफैँ बन पूर्ण जीवन, मरेपछि खोजी हुँदैन ।

दिन–रातमै सृष्टि चल्छ, यति कुरा बुझेपछि

महल पनि तनाव हो, छाप्रोभित्र क्रोधी हुँदैन ।

काँडाबिच फूल फुल्छ, असिनाको चोट सही

हरेक दिन उत्सव हो, पाप्रोभित्र बोधि हुँदैन ।

अरूलाई हेरी बसे, आफू होचो सानो लाग्छ

बोटसित फल माग, थाँक्रोभित्र कोही हुँदैन ।

अभावसँग जुध्ने गर, हिम्मत राख निरन्तर

सिङ्गै धर्ती घर तिम्रो, त्यान्द्रोभित्र रोजी हुँदैन ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.