साहित्यपोस्ट डट कम

गजल : लाग्छ सधैँभरि

गजल : लाग्छ सधैँभरि

लाग्छ सधैँभरि यहाँ पुस भइरहोस्

अँगालो यो न्यानो महसुस भइरहोस् ।

कैदी हामी उन्मादको ग्यास च्याम्बरभित्र

दुवैलाई उस्तै उकुश–मुकुश भइरहोस् ।

अघि बढौँ कुकुर भुक्दा हात्ती लम्के जस्तै

मतलब छैन दुनियाँमा खासखुस भइरहोस् ।

सँगै आँटे जित्न यहाँ कसलाई सकिन्न र ?

हरेक पाइला मुनि चाहे एम्बुस भइरहोस् !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.