हातमा सुरा र साथमा सुन्दरी भएपछि
के चाहिन्छ र जिन्दगीमा यो खुसी भएपछि ।
नसा सुराको हो कि सुन्दरीको, छुट्याउनै गाह्रो भो
दुवैतर्फबाट यसरी नै नजरको तीर चलेपछि ।
सोध्ने गर्छन् मानिसहरू मलाई मेरो खुसीको राज
म मुस्कुराइदिन्छु केवल यी दुईको साथ पाएपछि ।
मधुशाला धाउनु पर्दैन अब मलाई कहिल्यै पनि
उनका ती नशालु आँखाहरू नै प्याला बनेपछि ।
जिन्दगीका सारा दुःख र पीडाहरू भुलिदिन्छु म
महफिलमा सुरा र सुन्दरीको रङ्गीन रात जमेपछि ।

