साहित्यपोस्ट-नपढी सुखै छैन...

गजल : केही कुरा सुनाउँदै छु

गजल : केही कुरा सुनाउँदै छु

केही कुरा सुनाउँदै छु, केही लुकाउँदै छु

मनभित्र गुम्सिएका, व्यथा फुकाउँदै छु ।

हरेक पल उमङ्ग थियो, अङ्गालोमा उनी थिइन्

संसार दिएँ निर्दयीलाई, मूल्य चुकाउँदै छु ।

अजम्बरी नाता थियो, मनमुटु गाँसिएको थियो

उनकै यादमा विरहका, गीत गाउँदै छु ।

माया गर्यौँ एकअर्कालाई, संसार बिर्सिएर

वैरी थियो समाज अहिले, नजर झुकाउँदै छु ।

हरेक पल भरिन्छन् नयन, अतीत सम्झिएर

पल पल तिम्रो तस्बिर, आँसुले भिजाउँदै छु।

यादमा जल्दै बितेका छन्, जिन्दगीका पलहरू

खुसी खोस्यो जिन्दगीले, एक्लै रमाउँदै छु ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.