साहित्यपोस्ट-नपढी सुखै छैन...

गजल : कसैले नसोध्नु

गजल : कसैले नसोध्नु

कसैले नसोध्नु हालचाल मेरो, कस्तो खबर छ

छोडेर गाउँघर बजार सर्ने, अझै उस्तै लहर छ ।

घरखेत बेचेर दुख सकियो, किनियो एक घडेरी

हातमुख जोर्न भागदौड गर्ने, यस्तो पापी सहर छ ।

साथी र भाइ आफन्त मित्र, कोही छैन भेट्नलाई

के रात के दिन कोलाहल पर्ने, एकनासको प्रहर छ ।

धुवाँ र धुलो हैजा फिँजाउने, कङ्क्रिटको छ थुप्रो

हरियाली दृश्य देखिन्न मर्ने, हावामा पनि जहर छ ।

म निसासिन्छु हरेक पल, सम्झी त्यो गाउँघर

अशान्ति असुरक्षा अनुभूति छर्ने, यस्तो अभर छ ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.