साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

गजल : कर्णालीमा झरी

गजल : कर्णालीमा झरी

आज धेरै कर्णालीमा पानी परेको छ

बलेनीमा गाग्रो थापी पानी भरेको छ ।

धारामा कहिल्यै नआएपछि उसको

त्यही गाग्रोको पानी पिउँदै प्यास टरेको छ ।

मिनरल वाटर पिउने तिमीलाई गन्ध आउँछ होला

गाग्रोको नै पिउने हामीलाई बानी परेको छ ।

शिक्षा, स्वास्थ्य, अस्पतालको सुविधा नपाउँदा

अलिकति पैसा हुने बसाइँ सरेको छ ।

तिमी नेता काठमाडौँमा भाषण दिँदै बसेका छौ

त्यही झरीले आज यता धेरै नोक्सान गरेको छ ।

जताततै डुबान अनि बाढी–पहिरो आउँदा

आज फेरि दुःखी गरिब जनता मरेको छ ।

गाडी अनि हेलिकप्टर केही पनि हुँदैनन् यता

उकालोमा भारी बोक्दै गधा चरेको छ ।

केबुलकार र जिपलाइनको मज्जा लिँदै हिँड्छौ तिमी

सानो बालक तुइन चढेर खोला तरेको छ ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.