साहित्यपोस्ट-नपढी सुखै छैन...

गजल : कहानी बेचेछौ

गजल : कहानी बेचेछौ

सस्तो त्यो भाउमा जवानी बेचेछौ

नपुगेर जो आफ्नै कहानी बेचेछौ ।

परदेश पठायौ तिमीले फकाएर

हल्ला सुनिन्छ सिरानी बेचेछौ ।

इज्जत बेचेछौ बाँकी राखेनौ

हुँदा–हुँदा स्वाभिमानी बेचेछौ ।

के भन्ला भन्ने डर छैन तिमीमा

बचाइराख्नुपर्ने निशानी बेचेछौ ।

साझा गर्नुहोस्:

प्रतिक्रिया र टिप्पणीका लागि लगइन चाहिन्छ।

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

टिप्पणीहरू

अहिले कुनै टिप्पणी छैन। पहिलो टिप्पणी तपाईं नै गर्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.