साहित्यपोस्ट डट कम

गजल : जून पूर्णिमाको

गजल : जून पूर्णिमाको

जून पूर्णिमाको रातमा मात्र चम्किएको हुन्छ

बगरको पत्थर पनि मन्दिरमा पुँजिएको हुन्छ।

विदेसिने लर्को देखिन्छ हरेक दिन यो देशमा

देशको युवा युरो, डलर, भारुमा बेचिएको हुन्छ।

अडिँदैनन् युवाहरू यो देशमा खै किन कुन्नी ?

विदेशको रमझमले विचरा लोभिएको हुन्छ ।

हेर्दा लाग्छ कमाएको छ छोरोले विदेशमा

हरेक दिन उसले कति आँसु पिएको हुन्छ।

कष्टकर छ हरेक पल बस्नेहरूलाई पनि यहाँ

पीडा भुल्दै हरेक पल शान्त देखिएको हुन्छ ।

बाचुन्जेल न हुन् कसैका महल, कसैका टहरा

मरेपछि जान सबैको चिहान खनिएको हुन्छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.