जोखीजोखी बोल्नुपर्छ कहिलेकाहीँ भारी पर्छ
रुघाखोकी ज्वरो पनि कहिले महामारी पर्छ ।
साथीभाइ आफन्तको सधैँ भर हुन्न हजुर
त्यही आफन्त कहिलेकाहीँ खुनी बलात्कारी पर्छ ।
के-के सोच्छ, के-के बुझ्छ, धान रोपेर मकै खोज्छ
मकै त्यहीँ भेटिने हो जहाँ मकैबारी पर्छ ।
दुई किनारमा उभी हेर्दा वारी-पारी, पारी-वारी
मैले जसलाई वारी भन्छु, उसले भन्छ पारी पर्छ ।
कानुन, नियम, नीति, विधि सबलाई एकै हो भने त
हजुर किन भन्नुहुन्छ कस्तो कर्मचारी पर्छ ?

