साहित्यपोस्ट डट कम

गजल : जो व्यक्तिले

गजल : जो व्यक्तिले

जो व्यक्तिले कृति दुई-चार लेख्ने गरेका छौँ

उसलाई मात्रै साहित्यकार देख्ने गरेका छौँ।

राजधानीमै रमाइरहे खान-लाउन पुग्नेहरू

गाउँलेलाई उपल्लो बजार छेक्ने गरेका छौँ।

लोकप्रिय बन्ने दाउमा बोले उनै महामहिम

रुखो मोफसल शब्द प्रहार सेक्ने गरेका छौँ।

सम्मानित छन् तिनै चिनजान र चर्चा हुनेहरू

कुन-कुन विधामा त्यो पुरस्कार टेक्ने गरेका छौँ।

मातृभाषाको माया गर्दा रोक्न कसले सक्छ ?

समाजभरि यस्तै व्यवहार थेग्ने गरेका छौँ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.