साहित्यपोस्ट-नपढी सुखै छैन...

गजल : जीवन रहुञ्जेल

गजल : जीवन रहुञ्जेल

जीवन रहुञ्जेल हजुर चिनाजानी हुने हो
चिता जलाएपछि त सबै खरानी हुने हो ।

सँगसँगै हाँस्दाखेल्दा कति छ रमाइलो
याद मीठो जहाँ गए पनि कहानी हुने हो ।

प्रेमिल पलहरू यसैयसै पो बितिदिन्छन्
जब यौवन हुर्किन्छ अनि जवानी हुने हो ।

टाढा टाढा हुँदा पनि सम्बन्ध गाढा हुन्छ
स्वच्छ मौसम लिएर हर विहानी हुने हो ।

रोग, शोक र भोकबाट जब मुक्त भइन्छ
हरेक चेहरामा हर्षको जिन्दगानी हुने हो ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.