साहित्यपोस्ट-नपढी सुखै छैन...

गजल : जिन्दगी

गजल : जिन्दगी

त्यसै कहाँ छाडा भएको छ जिन्दगी

बाटोभरि काँडा भएको छ जिन्दगी ।

टुटेपछि विश्वास, हातमा केही रहेन

न भुइँको न भाँडा भएको छ जिन्दगी ।

तिमी टाढा भएपछि, मनको यो बस्ती

एक्लोपनले उजाड भएको छ जिन्दगी ।

सम्बन्ध पचाउन नसकी रोइरहेछु म

भित्रभित्रै झाडा भएको छ जिन्दगी ।

मिठास हराएपछि, फिक्का बेस्वादिलो

आँपको पनि माडा भएको छ जिन्दगी ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.