चर्चा, बजारमा रै’छ
फेरि कोही, हतारमा रै’छ ।
कहिले नाफा कहिले घाटा
हुने त, व्यापारमा रै’छ ।
के दुख्थ्यो, यो मन अरूबाट ?
दुख्ने आफ्नैको, प्रहारमा रै’छ ।
खोला तरेपछि लौरो बिर्सिने
बानी हजुरको, अधिकारमा रै’छ ।
जति गरे पनि कम हुँदैन पीडा
सायद खराबी, उपचारमा रै’छ ।

