साहित्यपोस्ट डट कम

गजल : हतारमा रै’छ

गजल : हतारमा रै’छ

चर्चा, बजारमा रै’छ

फेरि कोही हतारमा रै’छ ।

कहिले नाफा कहिले घाटा

हुने त व्यापारमा रै’छ ।

के दुख्थ्यो यो मन अरूबाट ?

दुख्ने आफ्नैको प्रहारमा रै’छ ।

खोला तरेपछि लौरो बिर्सिने

बानी हजुरको अधिकारमा रै’छ ।

जति गरे पनि कम हुँदैन पीडा

सायद खराबी उपचारमा रै’छ ।

साझा गर्नुहोस्:
राजेश स्पन्दन

लेखकको बारेमा

राजेश स्पन्दन

भक्तपुर, चाँगुनारायण ८ का स्थायी बासिन्दा कवि राजेश स्पन्दन हाल रोजगारीको सिलसिलामा युएईमा हुनुहुन्छ । वि.स. २०७३ देखि लेखनयात्रा शुरू गर्नुभएका स्पन्दनको पहिलो गजल साहित्यपोस्टमा २०७८ सालमा प्रकाशन भएको हो । उहाँको पहिलो कृति अब चाँडै बजारमा आउँदै छ ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.