साहित्यपोस्ट-नपढी सुखै छैन...

गजल : हाँस्दै गरेको देखेर

गजल : हाँस्दै गरेको देखेर

हाँस्दै गरेको देखेर खुसी छ सोचिरह्यो

यो दुनियाँले हरबखत गलत देखिरह्यो ।

नदीको पुल भएको भए हुने थियो

बगरको पत्थर भएछु, नदीले हानिरह्यो ।

कैद गरेर राखिएको रहेछ पिँजडाभित्र

मलाई चरीको विलापले पिरोलिरह्यो ।

बगेको पानी हो, दुनियाँले प्यास बुझाएर गए

खोलाकै नजिकको बगर भने तिर्खाइरह्यो ।

हरक्षणमा किन हो प्रश्न नै प्रश्न ?

खोइ? बिरलै सम्झना मात्रै आइरह्यो ।

हिजोआज किन हो कलह मात्रै

तिम्रो त्यो निस्पृहताले सबै सताइरह्यो ।

पलसँगै कुसुम बनी फुलिरहन्छु भन्ने उनी

साथमा खुसी, फेरि नेत्रले देख्न असम्भव रह्यो ।

साझा गर्नुहोस्:
तिर्थराज खड्का

लेखकको बारेमा

तिर्थराज खड्का

थप रचनाहरू पढ्नुहोस् →

दोलखामा जन्मिएका साहित्यपोस्टका स्रष्टा तिर्थराज खड्का साहित्यको अध्ययन र लेखनमा विशेष रुचि राख्छन् ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.