हाँस्दै गरेको देखेर खुसी छ सोचिरह्यो
यो दुनियाँले हरबखत गलत देखिरह्यो ।
नदीको पुल भएको भए हुने थियो
बगरको पत्थर भएछु, नदीले हानिरह्यो ।
कैद गरेर राखिएको रहेछ पिँजडाभित्र
मलाई चरीको विलापले पिरोलिरह्यो ।
बगेको पानी हो, दुनियाँले प्यास बुझाएर गए
खोलाकै नजिकको बगर भने तिर्खाइरह्यो ।
हरक्षणमा किन हो प्रश्न नै प्रश्न ?
खोइ? बिरलै सम्झना मात्रै आइरह्यो ।
हिजोआज किन हो कलह मात्रै
तिम्रो त्यो निस्पृहताले सबै सताइरह्यो ।
पलसँगै कुसुम बनी फुलिरहन्छु भन्ने उनी
साथमा खुसी, फेरि नेत्रले देख्न असम्भव रह्यो ।

