साहित्यपोस्ट-नपढी सुखै छैन...

गजल : हसाउने कोही भेटिन

गजल :  हसाउने कोही भेटिन

मलाई रुवाउने धेरै भेटेँ हसाउने कोही भेटिन
दुःख पर्दा छोडेर जाने भेटेँ आउने कोही भेटिन ।

यो संसारमा खुट्टा तानेर लडाउने हजारौँ रहेछन्
म लडेको बेला हात समातेर उठाउने कोही भेटिन ।

मेरो मनमा चोट लगाउनेहरुकै जित भयो आज
किनकी मेरो घाउमा मलम लगाउने कोही भेटिन ।

मलाई बुझ्दैनस! भन्दै टाढिए नजिकका मान्छेहरू
मैले मलाई आफ्नो जिन्दगी बुझाउने कोही भेटिन ।

सबैले मेरा आँखाबाट आँसु झारेर गए पनि यहाँ
मैले मेरालागि आफ्नो आँसु बगाउने कोही भेटिन ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.