साहित्यपोस्ट-नपढी सुखै छैन...

गजल : छेउको मान्छे बीचमा

गजल : छेउको मान्छे बीचमा

छेउको मान्छे बीचमा पुग्छ पुग्छ एकदिन
धुलोबाट पीचमा पुग्छ पुग्छ एक दिन !

कतिञ्जेल रमाउला र पराजय पनि
हारबाट जीतमा पुग्छ पुग्छ एक दिन !

सङ्घर्षको बाटो यो छिचोलेपछि त
हेयबाट मीतमा पुग्छ पुग्छ एक दिन !

आफैँ कस्छ लगाम नयाँ बिहानीले
छाडाबाट रीतमा पुग्छ पुग्छ एक दिन !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.