आदेशमा अल्झिने मेरो बानी छैन
तिमीले सोचेजस्तो मसँग कहानी छैन ।
म त आफैँमा एउटा बलिरहेको ज्वाला हुँ
कसैको हातले निभ्ने मेरो जवानी छैन।
तिम्रो अहङ्कारको महल भत्काउन सक्छु म
झुक्नलाई बनेको यो शिर बिरानी छैन ।
म आफ्नै अस्तित्व, आफ्नै उचाइ र आफ्नै स्वर हुँ
कुनै सजावटको सामान बन्ने मेरो निशानी छैन ।
प्रेममा त म समुद्र बनेर पग्लन सक्छु तर
दास बनेर बाँच्ने यहाँ कुनै जिन्दगानी छैन ।

