ढुङ्गाका ती मूर्तिहरूमा, भगवान् खोज्नु व्यर्थ छ
पराई मनको मझेरीमा, मुस्कान खोज्नु व्यर्थ छ ।
स्वार्थ–रूपी काँचुलीलाई, फेर्न सके पुगिहाल्छ
अपेक्षाका ती बाटाहरूमा, गन्तव्य खोज्नु व्यर्थ छ ।
जब दया र करुणाले, यो हृदय नै बदलिन्छ
अरूको ओठे प्रशंसामा, अस्तित्व खोज्नु व्यर्थ छ ।
प्रेमको यो महासागर, आँखाभित्रै भेटिन्छ
रित्तो हातले अरूको अघि, प्रेम खोज्नु व्यर्थ छ ।
समर्पणमा झुक्छ शिर, अहङ्कार यो त्यागेर
देखावटी ती ढोंगमा, आदर खोज्नु व्यर्थ छ ।
भष्म पारी ‘म’ भन्ने भाव, अर्पण गर यो जीवन
माग्दै हिँड्ने यो दुनियाँमा, दाता खोज्नु व्यर्थ छ ।
जब म र तँ दुवै हराउँछौ, एउटै बोध बाँकी रहन्छ
आफू–बाहिर कतै ईश्वर, परम–सत्य खोज्नु व्यर्थ छ ।

