बस्न त बसिसकेको छ सहन सक्ने लत
तैपनि दुखिरहन्छ पुरानो घाउ बेलाबखत
सम्पत्ति र शक्ति हुँदा ‘हाइ–हाइ’ मात्रै हुन्छ
केही नहुँदा पो हुन्छ जीवनको साँचो अवगत ।
सुली त्यसै चढेका नहोलान् ‘जेसस क्राइस्ट’ पनि
सत्यलाई झुट साबित गर्नेहरूको थियो होला मत ।
उहाँ फेरि पहिलोपटक केही माग्न आउनुभयो
यता मद्दत गरेकालाई पनि गर्न सकिएन मद्दत ।
संयोग भनूँ कि भाग्य भनौँ, परिणाम बेग्लाबेग्लै छ
चर्चित मान्छेहरूको पनि हुनेरहेछ धरौटी जफत ।

