साहित्यपोस्ट डट कम

गजल : बाको थाप्लोमा ऋण छ

गजल : बाको थाप्लोमा ऋण छ

बाको थाप्लोमा ऋण छ, मुटुमा जिम्मेवारीको भारी छ

मेरो सफलता कुरेर बस्ने, सिङ्गो परिवार मनकारी छ ।

सहरको यो साँघुरो कोठा, अनि लोकसेवाको किताब

साँझ–बिहान टार्नै पर्ने, बन्दकीमा खेतको बारी छ ।

पकेट खर्चले फारम भर्नु कि, चामलको बोरा किन्नु ?

मध्यम वर्गको सङ्घर्ष यो, कति कठिन तयारी छ ।

छिमेकीले सोध्छन् सधैँ, “के गर्दै छ तिम्रो छोरो ?”

मन सम्हाली भन्नै पर्ने, सपनाकै यात्रा जारी छ ।

न सफलता हात पारियो, न त ढुक्कले निदाउन पाइयो

आशै आशाको भुमरीमा, जिन्दगी यो पारी–पारी छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.