बगेको खोला, कहाँ पुग्यो होला
बोकेर झोला, कहाँ पुग्यो होला ।
वर्षाौँपछि उसको, खुब याद आयो
कस्तो भयो होला, कहाँ पुग्यो होला ।
चङ्गाले बाल्यकालमा फर्काउँछ
सोच्छु त्यो चोला, कहाँ पुग्यो होला ।
मायाको चिनो औँठी दिएको थिएँ
त्यो सुनैको तोला, कहाँ पुग्यो होला ।

