आँखाभरि छल्किएका अश्रुधारा नझार्नु है
पहिले म मरिहालेँ जुठो तिमीले नबार्नु है ।
आउँछन् होला आफन्त नि मुखैअघि ठिक्क पार्न
तिनले जस्तै तिमीले पनि मुखले ठिक्क नपार्नु है ।
लगाउलान् लान्छना र दोष जति सबै तिमीलाई
मन-मुटुलाई दह्रो बनाई हिम्मत कहिल्यै नहार्नु है ।
सन्तानले सोध्लान् तिमीलाई अभाव हुँदा एक पिताको
पिता-माता दुवै बनी लालाबाला सपार्नु है ।


