साहित्यपोस्ट डट कम

गजल : आज दिन रमाइलो छ

गजल : आज दिन रमाइलो छ

आज दिन रमाइलो छ, तिम्रो मुहारमा रमाइलो छ

तिमी म सँग नजिकै छौ र यो संसारमा रमाइलो छ ।

जिन्दगीको खेल जित्नेहरूको पनि हाल यस्तै हो

मेरो साथमा तिमी छौ र पो यो हारमा रमाइलो छ ।

कहिलेकाहीँ त तिमीलाई नै बिर्सन्छु घरबाट निस्कँदा

के के भुल्छु भुल्न देऊ, मलाई हतारमा रमाइलो छ ।

तयार हुन घण्टौँ लाग्छ आफ्नै अनुहार मिलाउन

मलाई प्रतीक्षा गर्न, तिमीलाई शृङ्गारमा रमाइलो छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.