थियौ तिमी झन् झुकेर आएँ गयौ तिमी बस, ब्युँतेर आएँ । तिमी थियौ एक मात्र भन्नु बिहोसमै बौरिएर आएँ । रहेन आफ्नो हुँदा पराई सबै भएका लुटेर आएँ । सकिन्छ मान्छे गरेर दम्भ म युद्धपिच्छे लडेर आएँ । लिएर जाऊ यही छ प्राण अनन्त सम्झी बचेर आएँ ।