साहित्यपोस्ट डट कम

गजल: आउँदैछन् घरदैलोमा

गजल: आउँदैछन् घरदैलोमा

आउँदैछन् घरदैलोमा, जनतालाई ढाँट्नेहरू

सपना धेरै देखाएर, कुर्सीसँग साट्नेहरू ।

सपना मात्र देखाए खै, सिन्कोसम्म भाँचेनन्

फेरि मीठा भाषण गर्दै, थुकेको थुक चाट्नेहरू ।

दाइँ गरे देशकै, समाजवाद र लोकतन्त्र भन्दै

भाइ फुटाई देशलाई नै, टुक्रा पारी छाँट्नेहरू ।

रातदिन ताँती लाग्छ, देश छाडी विदेशिनेको

हार खाएजस्तो लाग्छ, देश बदल्न आँट्नेहरू ।

स्वर्गसरी थियो देश, नर्कसरी भयो अचेल

कमी छैनन् यहाँ लड्दै, आपसमा फाट्नेहरू।

मूल्यवृद्धि, बेरोजगारी र भ्रष्टाचार बढेको छ

कता गए क्रान्ति भन्दै, जनताको शिर काट्नेहरू ?

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.