साहित्यपोस्ट-नपढी सुखै छैन...

गजल : आँखाअघि

गजल : आँखाअघि

आँखाअघि हरामी बनाउँछ समय

यसै पनि बदनामी बनाउँछ समय।

बेकुफ छ यो दुनियाँ, बुझ्दैन कोही

बुझ्नेलाई नै दामी बनाउँछ समय।

एक फकिरले झट्ट मलाई सोध्यो

तुच्छ लोभले पापी बनाउँछ समय।

कोही शिखरमा पुग्छ पलभरमै

कसैलाई दूरगामी बनाउँछ समय।

जसले काँध हालेर लैजाने सोच्थे

अन्त्यमा मलामी बनाउँछ समय।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.