साहित्यपोस्ट डट कम

दुई प्राज्ञलाई मरणोपरान्त ‘नइ प्रज्ञा पुरस्कार’

दुई प्राज्ञलाई मरणोपरान्त ‘नइ प्रज्ञा पुरस्कार’

काठमाडौं । नइ एकेडेमीले ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धि तथा नेपाली भाषा–साहित्यको पठनपाठन, अनुसन्धान र सिर्जनात्मक संवर्धनमा समर्पित योगदानका लागि दुई प्राध्यापकलाई मरणोपरान्त ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

पुरस्कारबाट प्रा. डा. ताराकान्त पाण्डे र प्रा. खेमराज जोशी विभूषित हुनुहुने भएकाे छ । दुवै पुरस्कारको राशि जनही ५०/५० हजार रुपैयाँ रहेको जनाइएको छ।

एकेडेमीका अनुसार २०८२ साल चैत २७, २८ र २९ गते आयोजना हुने ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का अवसरमा स्व. प्रा. डा. पाण्डे र स्व. प्रा. जोशीकाे पत्नी वा उत्तराधिकारीलाई उक्त पुरस्कार समर्पण गरिनेछ।

नइ एकेडेमीकी कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। नइ एकेडेमीले नेपाली भाषा, साहित्य र प्राज्ञिक क्षेत्रको उन्नयनका लागि विविध गतिविधि सञ्चालन गर्दै आएको छ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.