साहित्यपोस्ट-नपढी सुखै छैन...

डा. नवराज केसीको ‘स्वस्पर्श’लाई पारिजात कृतिसम्मान–२०८२

डा. नवराज केसीको ‘स्वस्पर्श’लाई पारिजात कृतिसम्मान–२०८२

काठमाडौँ । पारिजात स्मृति केन्द्रले ‘पारिजात कृतिसम्मान–२०८२’ डा. नवराज केसीको निबन्धकृति ‘स्वस्पर्श’लाई प्रदान गर्ने घोषणा गरेको छ ।

केन्द्रले यस वर्षदेखि ‘पारिजात कृतिसम्मान’ स्थापना गरेको हो । सम्मानका लागि गठित पारिजात कृतिसम्मान छनोट समितिले पहिलो चरणमा आख्यान, कविता र निबन्ध विधाका आठ कृति छनोट गरेको थियो ।

छनोट समितिले आख्यानतर्फ ‘अग्निगर्भा’ (अर्चना थापा), ‘अज्ञात’ (केशवराज ज्ञवाली), ‘विजयिनी’ (दीपा दाहाल), ‘सलह’ (श्रवण मुकारुङ) र ‘दहाड’ (नवीन अभिलाषी), निबन्धतर्फ ‘स्वस्पर्श’ (डा. नवराज केसी) र ‘मध्यको उज्यालो’ (भूपिन), तथा कवितातर्फ ‘बगावतनामा’ (रिमा केसी)लाई अन्तिम छनोटमा राखेको थियो ।

ती कृतिको अध्ययन, मूल्याङ्कन र छलफलपछि समितिले ‘स्वस्पर्श’लाई ‘पारिजात कृतिसम्मान–२०८२’का लागि सिफारिस गरेको जनाएको छ । सोही सिफारिसका आधारमा पारिजात स्मृति केन्द्रले उक्त कृतिलाई सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

केन्द्रले सम्मानका लागि छनोट हुनुभएकोमा डा. नवराज केसीलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि उत्कृष्ट तथा समाज रूपान्तरणमा योगदान पुर्‍याउने सिर्जनामा निरन्तर सक्रिय रहन शुभकामना व्यक्त गरेको छ ।

‘पारिजात कृतिसम्मान–२०८२’ आगामी साउन १० गते आयोजित विशेष समारोहमा प्रदान गरिने केन्द्रले जनाएको छ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.