विराटनगर । डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानले वर्ष २०८२ का विभिन्न पुरस्कार घोषणा गरेको छ ।
प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईंको अध्यक्षतामा जेठ १७ गते बसेको कार्यसमिति बैठकले नेपाली भाषा, साहित्य तथा कला क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठानले डा. नरेन्द्र चापागाईंको ८५औँ जन्मजयन्तीका अवसरमा असार २१ गते विशेष समारोह आयोजना गरी पुरस्कार समर्पण गर्ने जनाएको छ ।
डा. नरेन्द्र चापागाईं भाषा–साहित्य पुरस्कार–२०८२ साहित्यकार पोष (रमण) चापागाईंलाई प्रदान गरिने भएको छ । नेपाली भाषा तथा साहित्यमा लामो समयदेखि निरन्तर योगदान पुर्याउँदै आएका चापागाईंलाई उक्त पुरस्कारअन्तर्गत ५१ हजार रुपैयाँ नगद प्रदान गरिनेछ ।
त्यसैगरी, डा. नरेन्द्र चापागाईं प्रतिभा पुरस्कार–२०८२ स्थानीय साहित्यकार भीम कोइरालालाई प्रदान गरिने भएको छ । नेपाली भाषाका विभिन्न विधामा निरन्तर लेखन गर्दै आएका कोइरालालाई २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिनेछ ।
प्रतिष्ठानद्वारा संयोजन गरिएको पद्मश्री देवका नेउपाने सेवा पुरस्कार कोषबाट स्थापित नेउपाने कला सम्मान पुरस्कार–२०८२ गायिका अञ्जु गौतमलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि १० हजार १ सय १५ रुपैयाँ रहेको छ ।
प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छोले पुरस्कार छनोट तथा समर्पणसम्बन्धी जानकारी दिनुभएको हो ।

.jpg)