राप्ती साहित्य परिषद् दाङ शाखाले ७७औँ ‘छन्द सङ्गम’ कार्यक्रम घोराहीमा सम्पन्न गरेको छ ।
कार्यक्रम परिषद् दाङ शाखाका अध्यक्ष यम म. रेग्मीको अध्यक्षतामा तथा साहित्यकार उत्तमकृष्ण मजगैयाँको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनाल विशिष्ट अतिथि रहनुभएकाे थियाे।
कार्यक्रममा साहित्यकारहरू गणेश विषम, उत्तमकृष्ण मजगैयाँ, पुरुषोत्तम खनाल, खगराज न्यौपाने, यम रेग्मी, नारदप्रसाद भण्डारी, महेशकुमार न्यौपाने, नगेन्द्र गुरु, शरद गौतम, रिमा गौतम, वीणा रोका क्षेत्री, कपिलकिशोर धनसिंह गिरी, एकराज शर्मा अधिकारी, अनुजा शर्मा ‘संस्कृति’लगायत छन्दकविहरूले आफ्ना रचना वाचन गर्नुभएकाे थियाे।
कार्यक्रममा परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा, वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर’, अध्ययन मञ्च दाङका अध्यक्ष सूर्य बिसी, प्रगतिशील लेखक दाङका सचिव पुरण शर्मा तथा साहित्यकारहरू रामप्रसाद जैसी, नरेशजङ्ग राणा, देवेन्द्र रिजाल, सुवास न्यौपाने, शंकर मगर, गोपाल भुसाल ‘अभिलाषी’, दामोदर पौडेल, दीपबहादुर क्षेत्रीलगायतको उपस्थिति रहेको थियो।
यसैबीच परिषद् दाङ शाखाले आगामी चैत २१ गते साधारणसभा, काव्योत्सव, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गर्ने जनाएको छ। २०८२ सालका पुरस्कारका लागि प्रतिभा छनोट समिति गठन गरिएको छ। समितिको संयोजकमा दीपक शर्मा ‘समीर’ तथा सदस्यहरूमा केन्द्रीय सचिव शारदा शर्मा र गीतकार प्रकाश केसी चयन हुनुभएकाे छ ।
परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गर्नुभएकाे थियाे।

