काठमाडौं । लिम्बु समुदायको परम्परागत बाजा च्याब्रुङको उत्पत्तिसँग सम्बन्धित याक्थुङ मिथकमा आधारित नाटक ‘केसामी नाम्सामी’ निर्माण हुने भएको छ ।
एक थिएटर नेपालको प्रस्तुतिमा तयार हुन लागेको नाटकको निर्माण प्रक्रिया अघि बढिसकेको निर्माण पक्षले जनाएको छ ।
नाटकको निर्देशन रङ्गकर्मी अनिल सुब्बाले गर्नुहुनेछ । नाटकमा अञ्जना राई, रमिता राई, आकाश सुहाङ लिम्बु, साैजन शेनेहाङ, पुष्पाञ्जली लिम्बु, अपेक्षा लिम्बु र चिराग पनेरूको अभिनय रहनेछ ।
याक्थुङ समुदायको मिथक, सांस्कृतिक स्मृति तथा च्याब्रुङ बाजाको उत्पत्तिसँग जोडिएको कथावस्तुलाई नाटकले प्रस्तुत गर्ने जनाइएको छ ।

