साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।

चूडामणि बन्धु र शकुन्तला शर्मा गुरुङलाई राजेन्द्र सुवेदी स्मृति पुरस्कार

चूडामणि बन्धु र शकुन्तला शर्मा गुरुङलाई राजेन्द्र सुवेदी स्मृति पुरस्कार

काठमाडौं । राजेन्द्र सुवेदी स्मृति समाजले वि.सं. २०८२ सालको ‘राजेन्द्र सुवेदी स्मृति साहित्य पुरस्कार’ समालोचक प्रा.डा. चूडामणि बन्धुलाई प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाली साहित्यको समालोचना, भाषाविज्ञान, अनुसन्धान तथा लोकसाहित्यका क्षेत्रमा बन्धुले पुर्‍याउनुभएको योगदानको कदरस्वरूप उहाँलाई पुरस्कार प्रदान गर्न लागिएको समाजले जनाएको छ ।

त्यसैगरी, वि.सं. २०८२ सालकै ‘राजेन्द्र सुवेदी स्मृति कला पुरस्कार’ अभिनेत्री शकुन्तला शर्मा गुरुङलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाली रङ्गमञ्च तथा चलचित्र क्षेत्रमा लामो समयदेखि अभिनयमार्फत उहाँले पुर्‍याउनुभएको योगदानको सम्मानस्वरूप पुरस्कार प्रदान गर्न लागिएको हो ।

समाजका अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीको अध्यक्षतामा बसेको बैठकले दुवै पुरस्कारको निर्णय गरेको हो ।

स्वर्गीय राजेन्द्र सुवेदीको जन्मजयन्तीका अवसर पारेर आगामी साउन महिनामा आयोजना हुने समारोहमा पुरस्कार प्रदान गरिनेछ । दुवै पुरस्कारको राशि जनही २२ हजार २ सय २२ रुपैयाँ रहेको छ ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।
शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर
( वडा नम्बर ३ काे कार्यालयसँगै )
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् · sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.