साहित्यपोस्ट डट कम

चेतन काफ्लेकाे हाइकुहरू

चेतन काफ्लेकाे हाइकुहरू

एक

डाँफे–मुनाल

नेपालीको शान हो

सेता हिमाल ।

दुई

खेलेर तास

घरमा छैन बास

धनको नास ।

तीन

मन नजिते

फूल लिँदा सम्झनु

ढुङ्गा हान्नेछन् ।

चार

पानी पँधेरो

सकेसम्म नपार्नु

मन अँधेरो ।

पाँच

काँडा अरेली

स्वस्थ भइन्छ अरे

खाँदा करेली ।

हात हल्लाए

आफन्तको बिदाइ

आँसु बरर ।

सात

उमङ्ग मन

प्रफुल्लित कुसुम

वसन्त ऋतु ।

आठ

हली आलीमा

दही–चिउरा खाँदै

हाम्रो पालीमा ।

नौ

बोली र गोली

निस्केपछि गैगयो

फर्कन्न फेरि ।

दश

डोको र नाम्लो

छुटेनन् नि कहिल्यै

अभागी थाप्लो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.