साहित्यपोस्ट डट कम

चेतन काफ्लेकाे हाइकुहरू

चेतन काफ्लेकाे हाइकुहरू

एक

माया र पानी

जहिले उधैँ-उधैँ

बगिरहने ।

दुई

नाकको फुली

कति खुलेकी ठूली

कानमा जुली ।

तीन

बिरालो बाँधी

श्राद्ध गर्छन् बाले

परम्परा रे !

चार

जनआक्रोश

बाकसमा पोखियो

गणतन्त्रमा ।

पाँच

बानी खराब

नुन छैन घरमा

तान्दै शराब।

असारे बेठी

दही-चिउरा, रोटी

दमाहा ठोकी ।

सात

झरेर पात

वसन्त पालुवामा

नवजीवन ।

आठ

फूलको डालीमा

गुँड लायो चराले

यसै पालिमा ।

नौ

दास भएर

खास हुनेहरू हो

किन निराश ?

दश

खेलेर तास

घरमा छैन बास

धनको नास ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.