साहित्यपोस्ट डट कम

चेतन काफ्लेका केही हाइकुहरू

चेतन काफ्लेका केही हाइकुहरू

एक

देखिने राति

अँध्यारोको त्यो साथी

खै जुनकिरी ?

दुई

कुहिरोभित्र

लुकाएर राखेको

शब्द र चित्र ।

तीन

पवन सिर्र

चरीको गीत चिर्र

उड्यो फिरर्र ।

चार

बाडुल्की लाग्यो

भेट हुन रहेछ

माया बिरानी ।

पाँच

नल रोपेर

फल लाग्दैन भन्थे

हो नै रहेछ ।

जुवा जोतारो

पानी पर्ने भएन

केको हतारो ?

सात

जित्ने उफ्रन्छ

फागुनको भित्रमै

हार्ने लत्रन्छ।

आठ

बन्यो हुलाकी

जादुमन्त्र चलायो,

लग्यो बुलाकी।

नौ

बाँड मसला

भोट हालेपछि पो

हुन्छ फैसला।

दश

छैन रहर

बाध्यताले बनायो

खान जहर।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.