साहित्यपोस्ट डट कम

चेतन काफ्लेका हाइकुहरू

चेतन काफ्लेका हाइकुहरू

खुल्ला आकाश

अनिदा रातहरू

शीतका थोपा

आफू अग्लिन

खुट्टा अरूको तान्ने

चाल बेइमानी

हावाको वेग

उडायो कसिङ्गर

कुचोको सन्चो

घडीको सुई

स्वचालित गतिमा

अग्रगमन

भेला प्राज्ञको

कुर्सीमा गजधम्ब

छ औँठाछाप

बिना माहुरी

जीवन्त प्रकृतिको

अकल्पनीय

फेवाको ऐना

मुसुक्क अन्नपूर्ण

फिरन्ते दङ्ग

हावाले ठेल्यो

बुख्याचाको टाउको

चरी तर्सियो

हिउँद मास

सिरसिर बतास

रुई र दुई

१०

चित्र विचित्र

कल्पनाका आकार

मेघका हुल

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.