साहित्यपोस्ट डट कम

चौथो जेसीज साँझ सम्पन्न

चौथो जेसीज साँझ सम्पन्न

गौरादह । नव वर्ष २०८३ को अवसरमा गौरादह जेसीजको आयोजनामा ‘चौथो जेसीज साँझ’ कार्यक्रम लायन्स चिल्ड्रेन पार्कमा सम्पन्न भएको छ ।

कार्यक्रममा कवि तथा गजलकारहरू सुदेश सत्याल, टिका अत्रेय, शिशिर भट्टराई, रिता पोख्रेल, विवश बलिभद्र कोइराला र खगेन्द्र नेउपानेले आफ्ना रचना वाचन गर्नुभएकाे थियाे । साथै असमका नेपाली स्रष्टा अनुप शर्मा र रामप्रसाद दाहालले समेत रचना प्रस्तुत गर्नुभएकाे थियाे । कार्यक्रमको सहजीकरण स्रष्टा दीपक सुवेदीले गर्नुभएको थियो ।

गौरादह जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी ध्रुवचन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल जेसीज वर्ष २०२६ का राष्ट्रिय अध्यक्ष सिनेटर जीवन कार्की प्रमुख अतिथि रहनुभएको थियो भने गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रमको औपचारिक सञ्चालन गौरादह जेसीजका पूर्वअध्यक्ष जेसी खड्गबहादुर थापाले गर्नुभएको थियो भने उपाध्यक्ष जेसी शीतल अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त अवसरमा गौरादह जेसीजको २०८३ सालको क्यालेन्डरसमेत विमोचन गरिएको थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.