साहित्यपोस्ट डट कम

चाँगुनारायण साहित्यिक समाजद्वारा रचना वाचन तथा नारी दिवस विशेष कार्यक्रम सम्पन्न

चाँगुनारायण साहित्यिक समाजद्वारा रचना वाचन तथा नारी दिवस विशेष कार्यक्रम सम्पन्न

भक्तपुर । चाँगुनारायण साहित्यिक समाजद्वारा आयोजित नियमित रचना वाचन तथा नारी दिवस विशेष कार्यक्रम शनिबार सम्पन्न भएको छ।

भक्तपुरको मिबाछेंस्थित एभरेष्ट ईग्लिस स्कुलको हलमा सम्पन्न कार्यक्रममा समाजका अध्यक्ष लालबहादुर भुजेलको सभापतित्व रहेको थियो। कार्यक्रममा स्कुलका प्रिन्सिपल भक्त राजभण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्याे भने इन्दुल केसी, सीता सुवेदी पन्थी र शंकरप्रसाद मानन्धर अतिथिका रूपमा सहभागी हुनुहुन्थ्याे ।

नारी दिवसको अवसर पारेर साहित्यकार सीता सुवेदी पन्थीलाई सम्मान गरिएको थियो भने इन्दुल केसी र शंकरप्रसाद मानन्धरलाई पनि सम्मान गरिएको समाजले जनाएको छ।

कार्यक्रममा विभिन्न साहित्यकारहरूले कविता, गजल, मुक्तक तथा लघुकथा वाचन गर्नुभएकाे थियाे । साथै, सम्मानित व्यक्तित्वहरूले आफ्ना अनुभव र मन्तव्य प्रस्तुत गर्नुभएकाे थियाे । प्रमुख अतिथि भक्त राजभण्डारीले कर्तव्यबोधको महत्त्वमाथि जोड दिँदै शिक्षा र जिम्मेवारीबीच सन्तुलन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयाे ।

कार्यक्रम सञ्चालनका लागि सहयोग गरेको एभरेष्ट ईग्लिस स्कुललाई समाजले मायाको चिनो प्रदान गर्दै धन्यवाद ज्ञापन गर्नुभएकाे थियो। कार्यक्रमको सञ्चालन धरणीधर गुरागाँईले गर्नुभएकाे थियाे भने अन्त्यमा सभापति लालबहादुर भुजेलले धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन गर्नुभएकाे थियाे ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.