साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

बुटवलमा कविता प्रतियोगिता सम्पन्न

बुटवलमा कविता प्रतियोगिता सम्पन्न

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको ११६औँ वार्षिकोत्सवका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सोमबार कविता प्रतियोगिता सम्पन्न भएको छ। अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूबीच उक्त प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा सुनिता अर्याल प्रथम, विजय आचार्य द्वितीय तथा रुपलाल पन्थी तृतीय भएका कार्यक्रमका संयोजक दीपेन्द्र पौडेलले जानकारी दिनुभयाे । कार्यक्रममा निर्णायकको भूमिकामा रहनुभएकाे डा. नारायणप्रसाद पन्थ र साहित्यकार दलबहादुर गुरुङले साहित्यका माध्यमबाट वार्षिकोत्सव मनाइएकोमा खुशी व्यक्त गर्नुभयाे ।

निर्णायक कवि दलबहादुर गुरुङले कवितामा बिम्ब, प्रतिबिम्ब र अलङ्कारलाई विशेष महत्त्व दिँदै प्रभावकारी प्रस्तुति तथा वाचनशैली आवश्यक रहने धारणा व्यक्त गर्नुभयाे । कार्यक्रममा सहभागी सबै प्रतियोगीलाई सम्बोधन गर्दै डा. ज्ञानहरि मरासिनीले प्रतियोगिताले अस्पतालको इतिहास तथा डाक्टर, नर्स र कर्मचारीहरूको भूमिकालाई कवितामार्फत उजागर गरेको उल्लेख गर्दै आफू कविताबाट भावुक भएको बताउनुभयाे ।

अस्पतालले हरेक वर्ष फागुन १५ गते वार्षिकोत्सव मनाउँदै आएको छ। यस वर्ष पनि वार्षिकोत्सवका अवसरमा कर्मचारी तथा स्वास्थ्यकर्मी सम्मान, अभिमुखीकरण, रक्तदान, फलफूल वितरण, सरसफाइ तथा सचेतना कार्यक्रमका साथै स्वास्थ्यकर्मी तथा कर्मचारीबीच मैत्रीपूर्ण भलिबल, फुटबल, ब्याडमिन्टन र म्याराथनलगायतका प्रतियोगिता आयोजना गरिएको अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले जानकारी दिनुभयाे ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.