स्याङ्जा । नेपाली लेखक सङ्घ, स्याङ्जाले ४४औँ बी.पी. स्मृति दिवसका अवसरमा ‘बी.पी. विचार गोष्ठी एवं काव्य उत्सव–२०८३’ आयोजना गरेको छ । वालिङ बहुमुखी क्याम्पसको सभाकक्षमा सम्पन्न कार्यक्रममा बी.पी. कोइरालाको विचार, साहित्यिक योगदान र अभिव्यक्ति स्वतन्त्रताबारे विमर्श गरिएको थियो ।
नेपाली लेखक सङ्घ, स्याङ्जाका अध्यक्ष पारिश्वर न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा प्रा.डा. वासुदेव भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने ध्रुवप्रसाद शर्मा पङ्गेनीले टिप्पणी गर्नुभएको थियो ।पहिलो सत्रमा नेपाली कांग्रेस भीरकोटका सभापति यामप्रसाद अधिकारी (लक्ष्मण), वालिङ बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख विष्णु सुवेदी गैह्रे, नेपाल शिक्षक सङ्घ स्याङ्जाका अध्यक्ष पशुपति पौडेल, नेपाली लेखक सङ्घ कास्कीका अध्यक्ष तथा गण्डकी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ कमल पौडेल ‘अथक’ र नेपाली लेखक सङ्घका केन्द्रीय सचिव मिलन समीरलगायतले बी.पी. कोइरालाको विचार, साहित्य र लोकतान्त्रिक मूल्यबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।
दोस्रो सत्रअन्तर्गत आयोजित ‘बी.पी. काव्य उत्सव–२०८३’ मा स्याङ्जाका तीन दर्जनभन्दा बढी कवि तथा स्रष्टाले आफ्ना कविता वाचन गर्नुभएकाे थियाे । कार्यक्रममा ध्रुवप्रसाद शर्मा पङ्गेनी, कमला रेग्मी, विकास थापा मगर, बबिन पाठक, रमेश कुख्यात, स्मारिका अर्याल, गोविन्दशरण रेग्मी, मुनाल गोदार क्षेत्री, ढालबहादुर केसी, रेशमलाल डुम्रे, नारायण न्यौपाने ‘दर्शन’, लक्ष्मी रेग्मी खनाल, वसन्त खनाल, खगेन्द्रजङ्ग थापा, दिलीप तिवारी, लीलाप्रसाद रेग्मी, राजु गैह्रे, शम्भु अर्याल, राजेन्द्र श्रेष्ठ, विनुप्रसाद पराजुली, झवनाथ बस्याल, प्रेमप्रसाद सुवेदी, सीताराम अधिकारी, कमलप्रसाद बगाले, प्रकाश न्यौपाने ‘चौरासपति’, जि.बी. राना, ओम थापा, गुरुप्रसाद ढकाल, सरस्वती अर्याल काफ्ले, चण्डिकाप्रसाद भट्टराई, शान्ता थापा, यमप्रकाश खनाल, अनन्त अर्याल, लेखनाथ काफ्ले, मिलन समीर र पारिश्वर न्यौपानेले रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपानेलाई नेपाली लेखक सङ्घ, स्याङ्जाले विशेष सम्मान गरेको थियो । साथै प्रमुख वक्ता, टिप्पणीकर्ता तथा विशिष्ट अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाली लेखक सङ्घ, स्याङ्जाकी उपाध्यक्ष शान्ता थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सञ्चालन सचिव गुरुप्रसाद ढकालले गर्नुभएको कार्यक्रममा संयोजन नेपाली लेखक सङ्घका केन्द्रीय सचिव मिलन समीरले गर्नुभएको थियो ।

