साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।

अबुधाबीमा भानुजयन्ती विशेष साहित्यिक कार्यक्रम, १० कृतिको सामूहिक लोकार्पण

अबुधाबीमा भानुजयन्ती विशेष साहित्यिक कार्यक्रम, १० कृतिको सामूहिक लोकार्पण

अबुधाबी । नेपाली राजदूतावास, अबुधाबीको सभाकक्षमा भानुजयन्ती विशेष साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । नेपाली राजदूतावास, अबुधाबीको आयोजना, तनहुँ सेवा समाज, यूएईको सहकार्य तथा सिर्जना वाचन डबलीको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

महामहिम नेपाली राजदूत तेजबहादुर क्षेत्री प्रमुख अतिथि रहनुभएको कार्यक्रममा कार्यक्रम संयोजक टक गुरुङले सभापतित्व गर्नुभएको थियो ।

कार्यक्रममा गजल, कविता, मुक्तक, उपन्यास तथा साहित्यिक सिद्धान्तसम्बन्धी १० कृतिको सामूहिक लोकार्पण गरिएको थियो । लोकार्पित कृतिहरूमा राज लम्साल ‘यात्री’को यात्री, महेन्द्र अटलको दुई, मिलन सङ्ग्रौलाको बावऋ, सानु थपलियाको मकरन्द, टक गुरुङको टक, गजलाभूषण (सैद्धान्तिक एवं अभ्यास), चित्र थापाको आजाद कैदी, जीवित खड्का मगरको धागो, धीरेन अनुपमको प्रच्छाया तथा सुमित्रा सुमीको कलेजी बर्को रहेका छन् ।

कार्यक्रममा यूएईभरिका विभिन्न सामाजिक, साहित्यिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधिसहित एक सयभन्दा बढी साहित्यकार, स्रष्टा तथा साहित्यप्रेमीको सहभागिता रहेको थियो । विशिष्ट अतिथिका रूपमा राम मोक्तान, भुवानीप्रसाद तिमल्सिना, कमल गिरी ‘आभा’, बाबुराम सापकोटा, जे. सागर, सुजन थापा, जगन अधिकारी, नवराज पाण्डे ‘फुलेबुढा’, गोपिनी शाही, प्रकाश पौडेल, उमाकान्त पाण्डेलगायतको उपस्थिति थियो ।

साहित्यिक वाचन सत्रमा करिब ४२ जना स्रष्टाले कविता, गजल, मुक्तक तथा अन्य साहित्यिक रचना वाचन गर्नुभएकाे थियाे । रचना वाचन गर्नेहरूमा टक गुरुङ, जे. सागर, भवानी नेपाल, एस.पी. माथवर, कान्छो भूपेन्द्र आचार्य, पारस खनाल, हरिहर कँडेल, डी.एल. घिमिरे, लोकेन्द्र क्षेत्री ‘यात्री’, कमल गिरी ‘आभा’, गणेश बस्नेत, दीपेन्द्र पौडेल, सुरिन भुजेल, नवराज पाण्डे, सी.बी. सुनार, चित्र थापा, मदन शाही, उद्धव मिसन, गजेन्द्र कार्की, एकराज थापा, मेघप्रसाद धमला, राजेश भट्टराई ‘दर्पण’, सोनी भण्डारी, निर्जल भण्डारी, ओमकार थापा, चट्टानकुमार किसान प्रधान, प्रकाश बन्जारा ‘बिहानी’, इन्धन डी.बी. भण्डारी, जीवित खड्का मगर, श्रीराम रानाभाट, पदम आचार्य, रोहित कुँवर, अर्पणा अधिकारी, टङ्क कुँवर, प्रकाश पौडेल, उमाकान्त पाण्डे, खुश्बू झा, देवीमाया रुम्बा तामाङ, आयान्स तिम्सिना, सविता बस्नेत, रञ्जु दाहाल तथा भूपेन्द्र घिमिरे रहनुभएकाे थियाे।

कार्यक्रमको औपचारिक सञ्चालन नेपाली राजदूतावासका भूपेन्द्र घिमिरेले गर्नुभएको थियो भने साहित्यिक वाचन सत्रको सञ्चालन सिर्जना वाचन डबलीका तर्फबाट भवानी नेपालले गर्नुभएको थियो ।

प्रमुख अतिथि राजदूत तेजबहादुर क्षेत्रीले भाषा, साहित्य, कला, संस्कृति तथा नेपाली भेषभूषा नेपाली पहिचानका अमूल्य सम्पत्ति भएकाले संसारको जुनसुकै कुनामा रहे पनि आफ्नो मौलिक पहिचान जोगाइराख्नुपर्नेमा जोड दिनुभयो । उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने तनहुँ सेवा समाज, सिर्जना वाचन डबली, सम्पूर्ण स्रष्टा तथा उपस्थित सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले यस वर्षको भानुजयन्ती कार्यक्रममा विगतका वर्षको तुलनामा उल्लेखनीय सहभागिता रहेको र सभाकक्ष पूर्ण रूपमा भरिनुले नेपाली साहित्यप्रतिको बढ्दो आकर्षणलाई पुष्टि गरेको बताउनुभयो ।

यस अवसरमा प्रमुख अतिथि राजदूत क्षेत्री, कार्यक्रम संयोजक टक गुरुङ, तनहुँ सेवा समाजका संरक्षक दीपक खड्का, प्रमुख सल्लाहकार सुदीप बस्नेत तथा नेपाली समाजका अध्यक्ष राम मोक्तानलगायतले रचना वाचन गर्ने सबै स्रष्टालाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी अतिथिका लागि नेपाली राजदूतावासले खानपिनको व्यवस्था गरेको थियो भने यूएईका विभिन्न स्थानबाट आउने स्रष्टा तथा साहित्यप्रेमीका लागि यातायातको समेत व्यवस्था गरिएको थियो ।

कार्यक्रमका सभापति टक गुरुङले आदिकवि भानुभक्त आचार्यको योगदानबारे प्रकाश पार्दै नेपाली राजदूतावास, तनहुँ सेवा समाज, सिर्जना वाचन डबली, सहभागी स्रष्टा तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।
शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर
( वडा नम्बर ३ काे कार्यालयसँगै )
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् · sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.