साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

विराट पोखरी परिसरमा ‘शब्द यात्रा’ काव्यिक कार्यक्रम सम्पन्न

विराट पोखरी परिसरमा ‘शब्द यात्रा’ काव्यिक कार्यक्रम सम्पन्न

झापा । प्राकृतिक तथा ऐतिहासिक महत्त्व बोकेको विराट पोखरी परिसरमा ‘शब्द यात्रा’ शीर्षकको काव्यिक कार्यक्रम सम्पन्न भएको छ। झापाली साहित्य समाजको आयोजना, विराट पोखरी सरोवर बहुउद्देश्यीय विकास समितिको सह–आयोजना तथा कोशी साहित्य कला परिषद्, नेपालको संयोजनमा कार्यक्रम गरिएको हो।

समाजका अध्यक्ष हरि बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय सभाका सांसद तथा साहित्यकार गोपालकुमार बस्नेत उपस्थित हुनुहुन्थ्यो। उहाँले कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा विवेक निशानीले विराट पोखरीजस्तो ऐतिहासिक स्थलमा ‘शब्द यात्रा’ आयोजना गर्नुको सान्दर्भिकतामाथि प्रकाश पार्नुभयो भने केशु विरहीले परिषद् र कार्यक्रमबीचको सम्बन्धबारे चर्चा गर्नुभयो। सिलिगुडीस्थित देवकोटा संघका मिलन रुचालले पनि मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमको मुख्य आकर्षण काव्यगोष्ठी रहेको थियो, जहाँ भीम खतिवडा, छवि वैरागी, देशु सुब्बा, गणेश निरौला, रोमा निरौला भट्टराईलगायत विभिन्न पुस्ताका कविहरूले कविता वाचन गर्नुभएकाे थियाे । यसै क्रममा विष्णु भण्डारी आचार्यले कथा वाचन गर्नुभएको थियो भने केशव सिङ्गरले गीत प्रस्तुत गर्नुभएको थियो।

साहित्यको समकालीन धारबारे भीम खतिवडाले विचार राख्नुभयो भने मुक्ति उपाध्याय बरालले साहित्य र समाजको सम्बन्धबारे मन्तव्य व्यक्त गर्नुभयो । प्रमुख अतिथि गोपालकुमार बस्नेतले वर्तमान सामाजिक–राजनीतिक परिवेशमा सार्थक लेखनको आवश्यकता औंल्याउनुभयो।

लीला अनमोलद्वारा सञ्चालन गरिएको कार्यक्रममा केशव आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा मुनाराज शेर्मा, पुण्यप्रसाद खरेल, कृष्ण बराललगायत सयौँ साहित्यकार, पत्रकार तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।

रेडियो विराट, नेपाली साहित्य र साहित्य पोस्ट मिडिया पार्टनर रहेको उक्त कार्यक्रमलाई स्थानीय सर्जक र संस्थाहरूले सहयोग गर्नुभएकाे थियाे। अध्यक्ष हरि बरालले सहभागी सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो।

ट्याग: हरि बराल
साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.