साहित्यपोस्ट डट कम

विराट अनुपमको ‘पहिलो आमनिर्वाचन २०१५’लाई साहित्यपोस्ट गैरआख्यान पुरस्कार–२०८२

विराट अनुपमको ‘पहिलो आमनिर्वाचन २०१५’लाई साहित्यपोस्ट गैरआख्यान पुरस्कार–२०८२

काठमाडौं । साहित्यपोस्टले प्रदान गर्दै आएको ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार–२०८२’ लेखक तथा पत्रकार विराट अनुपमलाई प्रदान गरिएको छ । उहाँको अनुसन्धानात्मक कृति ‘पहिलो आमनिर्वाचन २०१५’ यस वर्षको उत्कृष्ट गैरआख्यान कृतिका रूपमा पुरस्कृत भएको हो ।

असार १५ गते धान दिवसको अवसरमा ग्रिनलिफ रेस्टुरेन्टमा आयोजित कार्यक्रममा विराट अनुपमलाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो ।

‘साहित्यपोस्ट नवरत्न–२०८२’ अन्तर्गत गैरआख्यान विधामा विराट अनुपमको ‘पहिलो आमनिर्वाचन २०१५’, भीम न्यौपानेको आत्मकथा ‘बादलमुनिको बागलुङ’ तथा मीना खड्काको ‘मेरो स्कुल’ अन्तिम सूचीमा परेका थिए । तीमध्ये ‘पहिलो आमनिर्वाचन २०१५’ उत्कृष्ट घोषित भएको हो।

कार्यक्रममा गैरआख्यान विधाका अन्तिम सूचीमा परेका विराट अनुपम, भीम न्यौपाने र मीना खड्कालाई ‘साहित्यपोस्ट नवरत्न–२०८२’ सम्मानसमेत प्रदान गरिएको थियो ।

पुरस्कार विजेताको घोषणा सल्लाहकार सम्पादक त्रिभुवनचन्द्र वाग्लेले गर्नुभएको थियो ।

सोही कार्यक्रममा ‘साहित्यपोस्ट एप’मा सर्वाधिक पढिएका पुस्तकका लेखकलाई लेखकस्व (रोयल्टी) पनि प्रदान गरिएको थियो ।

प्रधानसम्पादक अश्विनी कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन तैंतैं धितालले गर्नुभएको थियो भने स्वागत मन्तव्य राख्दै सम्पादक कृष्ण ढुङ्गेलले साहित्यपोस्टका गतिविधि तथा पुरस्कारको उद्देश्यबारे जानकारी गराउनुभएको थियो ।

साहित्यपोस्टले नवोदित लेखकलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष काव्य, आख्यान र गैरआख्यान विधामा उत्कृष्ट कृतिलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.