काठमाडौं । विश्व नेपाली साहित्य महासङ्घ (बिनेसाम) बागमती शाखाको आयोजनामा मिति शनिबार साँझ ७ बजे भर्चुअल रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम बागमती शाखाका अध्यक्ष तोयानाथ सुवेदीको अध्यक्षतामा तथा बिनेसाम नेपाल शाखा एवं ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमको सञ्चालन बागमती शाखाकी महासचिव संगीता खरेलले गर्नुभएकाे थियाे । रचना वाचन कार्यक्रमको सुरुवात शाखाका वरिष्ठ उपाध्यक्ष महेश खरेलले गर्नुभएकाे थियाे । त्यसपछि महेश खरेल, विनु बाबा, तिलक गाउँले, रविन्द्र आशिष शैली, राकेशकुमार झा, जनार्दन अधिकारी ‘धड्कन’, तीर्थराज भट्ट, मणिराज सिंह, पवन कुमार बुढाथोकी, सुशिला पौडेल, तोयानाथ सुवेदी, जगत रावत, अम्बिका पोख्रेल र संगीता खरेलले आ–आफ्ना सिर्जना प्रस्तुत गर्नुभएकाे थियाे ।
प्रमुख अतिथि मणिराज सिंहले कार्यक्रमको समीक्षा गर्दै साहित्यिक यात्रामा निरन्तरताको आवश्यकता औँल्याउनुभयाे । उहाँले कविता वाचनमार्फत उपस्थित सर्जकहरूलाई प्रेरणा प्रदान गर्नुभयाे । कार्यक्रमको अन्त्यमा संगीता खरेलले मुक्तक वाचन गर्दै अध्यक्षको अनुमतिमा कार्यक्रम समापन गर्नुभएकाे थियाे ।
बागमती शाखाको पहिलो भर्चुअल कार्यक्रम हुनु र बिनेसाम केन्द्रसँग कार्यक्रम जुधेकाले उपस्थिति केही न्यून देखिए पनि सहभागी सर्जकहरूको गरिमामय उपस्थितिले कार्यक्रम उत्साहजनक र प्रभावकारी बनेको आयोजकको भनाइ छ। आगामी दिनमा प्रत्येक महिनाको अन्तिम शनिबार नियमित रूपमा भर्चुअल रचना वाचन कार्यक्रम आयोजना गरिने र त्यसको लिङ्क अग्रिम रूपमा उपलब्ध गराइने जानकारी पनि दिइएको छ।

