साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

विमल गिरीकाे चार मुक्तक

विमल गिरीकाे चार मुक्तक

सम्झिरहन्छ सधैँभरि यो मनले पनि

तिमीले जस्तै छाड्यो बचपनले पनि ।

छुरा रोप्यौ पिठ्युँमा पोल्छ भत्भती

कहिलेसम्म थेग्छ कुन्नि जीवनले पनि !

मन फुलेको वर्षौँ भयो कहिलेसम्म फल्छ कुन्नि

छाक जुटाउँदै यो दियो कहिलेसम्म बल्छ कुन्नि।

मन उड्छ माथि सधैँ खुसी फुल्ने रहरमा

फल्छ भन्दै यो जिन्दगी कहिलेसम्म चल्छ कुन्नि !

नसा–नसामा देश दुख्दा तिमीसँगै रुन पाऊँ

शिर झुकाएर नेपाल आमा तिम्रै पाउ छुन पाऊँ ।

जङ्गल, पहाड, नदीसँगै उमङ्ग र उल्लास बोकी

मातृभूमि! तन, मन, वचनले सधैँ तिम्रो हुन पाऊँ ।

सधैँ सिङ्गो युग हिँडाउने बाटोलाई माया गरौँ

खोस्रिएको, खेलेको पल्लो पाटोलाई माया गरौँ ।

आफूले टेकेको माटो, हिँडेको बाटो बाँचुञ्जेल

सुगन्धित नाभि गाडिएको माटोलाई माया गरौँ ।

ट्याग: विमल गिरी
साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.